काठमाडौं । नेपाल भलिबल संघले गण्डकी प्रदेशका सेटर सुजन चोखाल तथा हेल्प नेपाल स्पोर्ट्स क्लबका भारतीय स्पाइकरद्वय विनित कुमार र रोहित कुमारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संघको पूर्ण बैठकले गत वैशाखमा काठमाडौंमा सम्पन्न एनभिए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपमा रेफ्रीलाई दुव्र्यवहार गरेका खेलाडीलाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो । निर्णयअनुसार गण्डकीका सुजनलाई बिहीबारदेखि लागू हुने गरी एक वर्षको प्रतिबन्ध तथा विनित र रोहितलाई संघले आयोजना गर्ने एनभिए क्लब च्याम्पियनसिप र लिगसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सुजनले अब एक वर्षसम्म नेपाल भलिबल संघले मान्यता दिएको कुनै पनि प्रतियोगिता खेल्न पाउनुहुने छैन । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा रहेको पाँचसदस्यीय अनुशासन कमिटीले पेश गरेको प्रस्तावलाई संघको बैठकले पारित गरेको संघका उपाध्यक्ष निरोज मास्केले बताउनुभयो ।
संघको बैठकले निर्वाचनसहितको नवौँ साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो । संघको निर्वाचनका लागि १३३ जना मताधिकार प्राप्त सदस्य छन् । केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, सात प्रदेश, राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक तथा रेफ्री गरी १३३ जनाले मत दिनेछन् ।
३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनीत गर्नेछ । एकजना पूर्वअध्यक्ष पदेन सदस्यका रूपमा रहनेछन् ।
भलिबल संघको केन्द्रीय निर्वाचनका लागि ७७ वटै जिल्लाबाट एक-एक मताधिकार रहने व्यवस्था छ । सात प्रदेशबाट २-२ का दरले १४ मत हुनेछ । हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहे पनि तीनजना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाउने छैनन् ।
रेफ्री कमिसनबाट एक र राष्ट्रिय टिम (पुरुष र महिला) का कप्तान र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्य डायमन्ड स्पोर्ट्स क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन् । भलिबल संघको निर्वाचनमा अहिलेसम्म वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच