यस्तो छ आजको मौसम पूर्वानुमान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल अवस्थित रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशको पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस क्रममा पहाडी भेगका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी राति पनि मौसम देशभर आंशिक देखि सामान्य बदली रहनेछ । यस क्रममा पहाडी भेगका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ : देशको पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?