गर्मीमा किन यौन उत्तेजना बढी हुन्छ ?

Read Time = 5 mins

काठमाडौं । सबकोहीलाई जाडोको तुलनामा गर्मी मौसममा यौन उत्तेजना बढी हुन्छ। जसको उदाहरणका रुपमा गर्मी मौसममा व्यक्ति उत्तेजित भएर आन्दोलन तथा द्वन्द्व गरेको पनि देखिन्छ ।

गर्मी मौसममा मुख्यगरी घामको उज्यालो र तापक्रमका कारणले व्यक्तिको शरीरमा रगतको ‘प्लाबिका’ मा ‘टेस्टोस्टेरोन’ बढ्छ। जसले गर्दा कुमार–कुमारी दुवैका जनेन्द्रिय हार्मोनहरु निष्कासन भई बढी सक्रिय हुन्छन्। यसरी हार्मोनको सक्रियताका कारण व्यक्तिमा यौन उत्तेजना आउँदा यौन जोडी एक–अर्काप्रति यौनाकर्षित हुन्छन र यौनसम्पर्क गर्छन्।

मौसमले यौनको मूडमा प्रभाव पार्छ। प्राकृतिक वातावरण तथा ऋतु अनुकूल यौनकार्य गर्नु उचित हुन्छ।

सामान्यतः तापक्रम बढेसँगै यौनजन्य क्रियाकलाका साथै यौनजन्य अपराध गर्मी मौसममा बढी भएको पाइन्छ। गर्मी मौसममा यौन शोषण र बलात्कारजस्ता अपराध बढ्ने जोखिम हुन्छ। त्यसैले भन्न सकिन्छ, गर्मी मौसमको सुरुवातसँगै विवाहको उपयुक्त मौसम हो। यौनका लागि उर्वर मौसम हो। जुन नेपाली समाजमा व्यवहारिक रुपमा पनि देखिन्छ।

नेपालमा गर्मी मौसमको सुरुवात भएसँगै जाडोको तुलनामा बढी विवाह गरिन्छ। तर, जाडोमा पनि विवाह नहुने भन्ने त होइन । गर्मी मौसम विशेष गरी नव जोडीका लागि काइदाको मौसम हो । घुमफिरदेखि हनिमुनका लागि यो मौसम अति उत्तम मानिन्छ ।

त्यसैगरी पहिलो प्रेम प्रस्ताव, यौन स्पर्श, यौन क्रीडा र यौन तथा यौन सम्पर्कका लागि गर्मी मौसम उपयुक्त मानिन्छ । यसको अर्थ जाडोमा यौन सम्पर्क गरिँदैन भन्ने होइन। जाडो मौसम यौन सम्पर्कका लागि त्यति उपयुक्त मौसम होइन। जाडोमा यसै पनि शरीर ढाकिने मात्र नभएर अलि बढी नै लुगा लगाइएको हुन्छ । जसका कारण एकअर्का प्रति संवेदनशिल अंक देखेर हुने उत्तेजना पनि कम हुन्छ ।

त्यसैगरी जाडोमा शरीरबाट लुगा फुकाल्न उस्तै महाभारत हुन्छ । यौन सम्पर्कको दौरानमा लुगा खोल्नु सजाय दिए जत्तिकै हो । महिलाका यौनाङ्गभित्र र पुरुषका जनेन्द्रिय बाहिर हुन्छ। महिलाको भित्री अंग जनेन्द्रियले राप र ताप सहन सक्छन् भने पुरुषका जनेन्द्रियले राप र तापको कल्पना गर्न पनि सक्दैनन्। यसर्थ दुवै (पुरुष–महिला) यौन जोडीमा सुखद् यौनका लागि वातावरण अनुकूल हुन आवश्यक छ।

कतिपय व्यक्तिमा त यौन क्रियाकलाप, यौन उत्तेजना, चाहना तथा यौन आकांक्षाका लागि जनेन्द्रिय ग्रन्थीहरुमा हार्मोन निष्कासनले पनि फरक नपारेको देखिन्छ। यस्तो अवस्थामा कुनै समय तथा मौसम विशेषमा मात्रै नभई जुन समय तथा मौसममा पनि यौन जोडीले कुमार–कुमारीत्व तोड्ने अवस्था हुन्छ।

अध्ययन अनुसार सबैभन्दा बढी कुमार–कुमारीत्व तोडिने महिना वैशाख, जेठ, असार साउन, असोज र कात्र्तिक हुन्। जसमध्ये पनि सबैभन्दा बढी कुमार–कुमारीत्व तोडिने महिना वैशाख र जेठ हुन्।

त्यसैगरी कुमार–कुमारीत्व कम तोडिने महिना भदौ, मंसिर, पुस र माघ पर्छन्। यीमध्ये सबैभन्दा कम कुमार–कुमारीत्व तोडिने महिना मंसिर र पुस हुन्। जाडोमा मेकअपका कारण यौन जोडीबीचको आकर्षण बढ्ने भए पनि गर्मी मौसममा व्यक्तिको शरीर बढी खुल्ला हुने भएकाले गर्मी मौसममा बढी कुमार–कुमारीत्व तोडिनु स्वाभाविकै हो।

–पत्रपत्रिकाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?