सरोज र शिशिर अभिनित गीत ‘बुवा’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गायक नरेन्द्रवल्लव पन्तको गीत ‘बुवा’ सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । गीत गायक पन्तका पिता नारायणवल्लभ पन्तको सम्झनामा निर्माण गरिएको हो । यसै अवसरमा नारायणवल्लभ पन्त फाउण्डेशन पनि शुभारम्भ गरिएको छ ।

गीतको भिडियोमा अभिनेता रोज खनाल, नायक शिशिर भण्डारी, एलिस खनाल, रोमन दंगाल, गीता थापा लगायतका कलाकारको अभिनय रहेको छ । बालकलाकारको रुपमा दियान गौतम छन् भने संगीत संयोजन शैलेन्द्रबाबु प्रधानले गरेका छन् । त्यस्तै गीतलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेता सारोज खनालले यो गीतमा अभिनय गर्न आफ्नो लागि ठूलो चुनौती भएको बताउनु भयो । त्यस्तै गायक नरेन्द्रवल्लव पन्तले भिडियोबाट आउने कमाइ फाउण्डेशनमार्फत सामाजिक काममा खर्च गरिने बताउनु भयो ।

त्यस्तै निर्देशक सुव्रत आचार्यले अभिभावक गुमाएपछि धेरै कुराहरु सोच्न बाध्य गराउने बताउनु भयो । पिताको अवसानपछि सल्लाह लिने कुरा कोसँग गर्ने भन्ने कुराको चिन्ता लागेको बताउनु भयो । त्यस्तै नायक शिशिर भण्डारीले सम्झनलायक काम गर्न पाएकोमा खुशी लागेको बताउनु भयो ।
नायक भण्डारीले परिवारमा आमाबुबाको महत्व देखाइएकोले पनि गीत राम्रो बनेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?