आँखा पाक्ने समस्या बढेपछी बेसीशहरका विद्यालय बन्द

हिमालय टाइम्स
Read Time = 4 mins

लमजुङ । अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढे पछी लमजुङका विद्यालय बन्द गरिएको छ ।

बेसीशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो ।

आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेसीशहर नगरापालिका शिक्षा शाखाकाले एक सुचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेका हुन् । सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि नगरपालिका ८ को अर्थली आवसिय उच्च मावि सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । अधिकाशं विद्यालयमा ५० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेसिशहर नगरपालिकाले जनाएको छ ।

जिल्ला भरिनै समस्या बढेपनि बेसिशहर नगरपालिकाले अगाबै गर्नुपर्ने निर्णय ढिला गरेको अभिवाकको गुनासो छ । नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको विद्यालय प्रशासन जनाएको छ । विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमणले लमजुङका बालक देखि बृद्धसम्ममा फैलिइरहेको छ । विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ ।

भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चार देखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ । संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक-पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?