कान्ति भैरव गुरुकुलमा कविता प्रतियोगिता सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । गोेकर्णेश्वर नगरपालिका-४ स्थित कान्ति भैरव गुरुकुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । उपत्यकाका २२ विद्यालयबाट सहभागी भएका ४० विद्यार्थीले विभिन्न रचना पाठ गरेका थिए । प्रतियोगितामा मोक्षदा विद्यालयकी छात्रा सोनिया श्रेष्ठ प्रथम हुनुभएको थियो । उहाँलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो । ब्राइट फ्युचरका छात्र आशिष अधिकारी दोस्रो हुनुभएको थियो । उहाँलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै रिम्स विद्यालयकी छात्रा सृृष्टि चापागाईं तेस्रो हुनुभएको थियो ।

उहाँलाई दुई हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा विजेता प्रतिस्पर्धीलाई प्रमुख अतिथि गण्डकी प्रदेश सांसद छिरिङ लामाले प्रमाणपत्र तथा मेडल प्रदान गर्नुभएको थियो ।

सांसद लामाले यस्ता प्रतियोगिता समय-समयमा आयोजना गरिनुपर्ने बताउँदै यसले विद्यार्थीहरूको आत्मबल बढ्नुका साथै बौद्धिक विकास हुने बताउनुभयो । यस्तै नगरपालिकाका मेयर दीपक रिसालले नेपाली भाषालाई विश्वसामु चिनाउन आदिकवि भानुभक्त आचार्यको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा उपमेयर सान्नानी लामा, वडा नम्बर ४ का वडाध्यक्ष जयराम महत, त्यसैगरी प्राडा ऋषिराम पोखरेल, श्रीराम पोखरेल, विद्यालयकी प्राचार्य पुष्पा पोखरेल, पूर्वविद्यार्थीहरू दिवस कोइराला, रामनारायण सुवेदीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन सुदीप कोइरालाले गर्नुभएको थियो भने निर्णायकको भूमिकामा आख्यानकार बाजुराम पौडेल, कवयित्री प्रभा भट्टराई र युवाकवि बलराम दाहाल रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?