इरानमा दुई वर्षपछि पहिलो पटक मृत्युदण्ड

हिमालय टाइम्स
Read Time = 1 min

तेहरान । इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ । इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला शनिबार उक्त मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ ।

दक्षिणी सहर शिराजमा सन् २०२२ को फेब्रुवरीमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका इमान सब्जिकरलाई फाँसी दिइएको नर्वेस्थित उक्त अधिकार समूहले जनाएको हो ।

इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्युदण्डको बारेमा रिपोर्ट गरेको र दोषीलाई सब्जिकरको रूपमा पहिचान गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘सार्वजनिक रूपमा यो क्रुर दण्ड पुनः सुरु गर्नु भनेको मानिसहरूलाई धम्की दिनु हो’, आईएचआरका निर्देशक महमुद अमिरी-मोगद्दमले भने । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?