एसपीपी अस्विकार पत्रः प्रचण्ड र नेपालले दबाब दिदा पनि प्रधानमन्त्रीद्धारा वेवास्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो गठबन्धनको बैठकमा पनि सो बारे प्रश्न उठाउँदै तत्काल अस्वीकार गर्ने पत्र पठाउन अनुरोध गरे पनि प्रधानमन्त्री देउवाले भने कार्यान्वयन नगरेर वेवास्ता गर्नुभएको हो ।

‘केही दिन अघि पनि प्रचण्डजी र मैले प्रधानमन्त्रीलाई भेटेर एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउन पुनः अनुरोध गरेका थियौं तर उहाँले अझै पत्र पठाउनु भएको छैन्,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘यो पत्र तत्काल पठाएर नेपाल असल परराष्ट्र नीतिको अडानमा रहनुपर्छ, कुनै सैन्य गठबन्धनमा रहनु हुन्न् ।’

‘विश्वको भु-राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा आफनो अनुरोध प्रधानमन्त्री देउवाले अझै कार्यान्वय नगरेको गुनासो पोख्नुभएका नेपालले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै अमेरिकालाई तत्काल पत्र पठाउन पुनः माग गर्नुभएको छ ।

गत ६ असारमा बसेको मन्त्रीपरिषद् बैठकले एसपीपीलाई अस्विकार गर्ने निर्णय गरेको थियो । अमेरिकी सैन्य गठबन्धनको एक अंग भएको भन्दै तीब्र आलोचना भएपछि सरकारले मन्त्री परिषद् बैठकमार्फत सो सहमति नगर्ने निर्णय लिएको थियो । तर, सो निर्णय भएको एक महिना बितिसक्दा पनि देउवा सरकारले अमेरिकालाई सो सम्बन्धी पत्राचार नगरेपछि प्रचण्ड-नेपालले गठबन्धनको बैठकमा पनि सो प्रश्न उठाउनुभएको थियो ।

उता, एसपीपी अस्विकार गर्ने मन्त्री परिषद्को सो निर्णय कार्यान्वयन नभएपछि माओवादी केन्द्रले ५ साउनको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ नै गर्नुपर्ने मागसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?