सबैभन्दा बढी मतका साथ हिटाकर्मी शर्मा प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित

Read Time = 2 mins

म्याग्दी । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा हिटाकर्मी ध्रुवसागर शर्मा निर्वाचित हुनु भएको छ । हेटौडामा सम्पन्न ९औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै हिटाकर्मी शर्मा सबैभन्दा बढी मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित हुने दूई जनाको कोटामा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।

मतदानमा शर्माले ९०५ मत ल्याएर निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ । दुई दशक बढी समयदेखि म्याग्दीमा पत्रकारितामा क्रियाशिल शर्मा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुनु हो भने उहाँ प्रेस युनियन म्याग्दीको संस्थापक अध्यक्ष समेत हुनु हो ।

पत्रकार शर्मा राष्ट्रिय समाचार समिति (रासस), हिमालय टाइम्स दैनिक, आर्थिक अभियान दैनिक, थाहाखबर, ईमेज टेलिभिजन लगायत विभिन्न राष्ट्रिय, प्रदेश र स्थानीय संचारमाध्यमहरुमा आवद्ध हुनुहुन्छ ।

निर्वाचनका क्रममा शर्माले कुनै पनि प्रचारप्रसार नगरीकन सबैले भन्दा अत्याधिक मत प्राप्त गर्न सफलभएको प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?