उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव गृह जिल्ला बारा आइपुग्नु भएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपराष्ट्रपति यादव दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतबार पहिलो पटक बारा आइपुग्नु भएको हो ।
उपराष्ट्रपति यादवलाई मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव सहित जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले सिमरा विमानस्थलमा स्वागत गर्नुभएको छ । उपराष्ट्रपति यादव बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर पुगी दर्शन गर्नु भएको छ ।

उपराष्ट्रपति यादव दुई दिने भ्रमणको क्रममा जिल्लाको विभिन्न शक्तिपिठहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति यादवलाई उहाँको गृह जिल्लामा भव्य स्वागत गरिएको छ ।

तस्वीर : दुई दिने भ्रमणको लागि गृह जिल्ला आइपुग्नु भएका उपराष्ट्रपति यादवलाई सिमरा एयरपोर्टमा सम्मान गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?