चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

Read Time = 1 min

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

केसी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त हुनु भएको हो । केसी नेपालका चर्चित सुरस्टार हुनु हो।

केसी गायन हुँदै अभिनयमा प्रवेश गर्नुभएको थियो। उहाँ पछिल्लो समय चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ  । केसीले १०० भन्दा बढी चलचित्रमा काम गरिसक्नु भएको छ ।

उहाँसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा हुनुहुन्थ्यो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?