इराकको अवस्था नाजुक बन्दै, प्रदर्शकारीले गरे संसद् भवन कब्जा

हिमालय टाइम्स
Read Time = 2 mins

बग्दाद । श्रीलंका पछि अब इराकमा प्रदर्शन चर्किएको छ । श्रीलंकाकै जस्तो प्रदर्शनकारीले यहाँ पनि संसद भवन कब्जा गरेर प्रदर्शन गरेका छन् ।

राजनीतिक संकट चुलिरहँदा राजधानी बग्दादमा प्रदर्शनकारीहरूले संसद् भवन कब्जा गरेका हुन् ।

उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका हुन् । संसद् भवन प्रवेश गर्न खोजेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर ठूलो संख्यामा रहेका प्रदर्शनकारी संसद् भवनमा प्रवेश गरे ।

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित नभएको बताइएको छ । संसद् भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका तस्बिरहरु सार्वजनिक भएका छन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्। गत अक्टोबरमा सम्पन्न आम निर्वाचनमा धर्मगुरु मुक्तदा अल सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?