आज मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस

हिमालय टाइम्स
Read Time = 4 mins

प्रतिकात्मक तस्बिर : सामाजिक सञ्जालबाट

काठमाडौं । आज मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो।

दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन्। ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन्। दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक छ।

मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो। हरेक बर्ष झै यस बर्ष पनि संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानस हरुमा सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउदै छ ।

गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदारहणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने नीति अपनाउनु पर्दछ ।

नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।

संयुक्त राष्ट्र संघका प्रमुख एन्टिनियो गुटेरेसले मानवको तस्करीलाई एक भयावह अपराधको संज्ञा दिँदै मानिसको अधिकार, सुरक्षा र गरिमामा चौतर्फीरूपमा आक्रमण भइरहेको बताउनुभएको छ ।

उहाँले विशेष रुपमा महिला तथा बालिकाहरूमाथि यस्ता अपराध बढिरहेको भन्दै यो निकै दुःखद रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघको ड्रग्स तथा अपराध निरोधक कार्यालयले प्रविधिको दुरुपयोग गरी यस्ता घटना बढाएको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?