आज खिर दिवस

Read Time = 3 mins

काठमाडौं । खिर खाऔँ, आफ्नो परम्परा जोगाऔँ भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले यस वर्ष साउन १५ मा देशभरका उपभोक्तलाई खिर खान आहृवान गरेको छ । साउन १५ लाई नेपालमा राष्ट्रिय दुग्ध विकास बोर्डले विगत केही वर्षदेखि खिर दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि पोषिलो खिर, स्वस्थ शरीर भन्ने नाराका साथ बोर्डमा खिर दिवस आयोजना हुँदैछ ।

एसोसिएसनले पनि सातै प्रदेशका विभिन्न स्थानमा खिरको महत्व बुझाउने र खिर खुवाउने कार्यक्रम आयोजना गरेको छ । विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीदेखि छिमेकी मुलुक चीनबाट सुरु भएको बताइन्छ । खासगरी मध्यपूर्वी एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढीमात्रामा खिरको प्रचलन रहेको छ । युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रूपमा प्रयोग गरेको पाइएको छ । छिमेकी मुलुक भारतको गुजरातमा खिरलाई दूधपाक, बंगालीमा पायस र श्रीलंकामा क्रिवथ नामबाट प्रयोग गर्ने गरेको पाइन्छ । सामान्यतया सय ग्राम खिरबाट ९२ क्यालोरी प्राप्त हुन्छ भने पानी ८८.९, कार्बाेहाइड्रेड १६.४, प्रोटिन ३.३, फ्याट १.३ र फाइबर ०.१ ग्राम प्राप्त हुन्छ ।

साउन १५ को कुनै धार्मिक महत्व नभए पनि सांस्कृतिकरूपमा नेपाल कृषिप्रधान भएको नाताले विशेष महत्व रहेको छ । एक महिनाअघि असार १५ गते दहीचिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ । हरेक शुभ साइतमा खिरको महत्व छ । त्रेया युगमा दशरथका तीन महारानीले खिर खाएरै गर्भधारण गरेको बताइन्छ ।

असारमा रोपाइँ सकेपछि साउन १५ मा किसानले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । असारभरि पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खिर खाँदा सर्दीबाट जोगिने जनविश्वास पनि रहेको छ । पछिल्लो समय खिर संस्कृति मौलाउँदै गएको छ । साउन १५ मा अन्य दिनको तुलनामा पाँच गुणा बढी दूध खपत हुने एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउनुहुन्छ । दाहालका अनुसार सो दिन करिब ५० लाख लिटर दूध बजारमा बिक्री हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?