सेन्ट लरेन्स कलेजको मिसन शिक्षामा गुणस्तरता, व्यावसायिक र व्यावहारिक शिक्षामा जोड

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा नयाँ आयम थप्ने उद्देश्यले सन् १९९७ मा स्थापना भएको विद्यालय हो सेन्ट लरेन्स । यो नेपालको एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ । यसको अनुकूल, हेरचाह, अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि मान्यता प्राप्त छ । विद्यालयले सबै विद्यार्थीलाई प्रशंसनीय सिकाइ वातावरण विस्तार गर्नमा ध्यान केन्द्रित गरेको छ ।

यो कलेजलाई यही असार २९ मा २०९औं भानु जयन्ती र गुरुपुर्णिमाको अवसरमा फोकस नेपाल संस्थाले उत्कृष्ट कलेजका रूपमा सम्मान गरेको थियो । नेपाल पर्यटन बोर्डको सभाकक्षमा फोकस नेपाल संस्थाद्वारा गरिएको समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले अध्यक्ष केशवप्रसाद दंगाललाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । लामो समयदेखि अनवरत रूपमा उत्कृष्ट नजिता दिन सफल भएकाले कलेजलाई सम्मान गरिएको फोकस नेपाल संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी गराउनुभएको थियो ।

कलेजको स्थापनाकालदेखि नै विद्यार्थीमा सधैं उत्कृष्ट नतिजा दिन सफल हुँदै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्षम भएका आधारमा छनौट गरेर कलेजलाई सम्मान गरिएको आयोजकले बताएको थियो ।

यो कलेजले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट परिणाम ल्याउँदै आएको छ । सेन्ट लरेन्स कलेजले आफ्नै १० रोपनी जग्गामा अध्ययन मैत्री भौतिक संरचनामा विद्यार्थीलाई सधंै गुणस्तीय शिक्षा प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि उत्कृष्ट नतिजा दिन सफल हुने दाबी गरेको छ । सेन्ट लरेन्स कलेजको मिसन भनेकै शिक्षामा गुणस्तरता, व्यावसायिक र व्यावहारिक शिक्षा दिने रहेको छ ।

कलेजले स्वदेशमात्र नभएर विश्वव्यापी रूपमा बिक्न सक्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ । सोही लक्ष्यसहित आफ्ना शैक्षिक कार्यक्रम पनि अगाडि बढाइरहेको छ । कलेजले माध्यमिक (उच्च माध्यमिक) र स्नातक तहको विभिन्न कार्यक्रमको शिक्षाका लागि उच्च गुणस्तरको शिक्षा प्रदान गर्न सफल भएको छ ।

कलेजमा सुविधासम्पन्न लाइबेरी, यातायात, ल्याब, होस्टेल, क्याटिन र कम्प्युटर ल्याबको सुविधा रहेको छ । चावहिल, पिपलबोटमा रहेको यो कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । कलेजमा शैक्षिकसँगै व्यावहारिक क्रियाकलापमा विशेष ध्यान दिइने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?