ग्रोबाइडेटाका कर्मचारीलाई अवार्ड

Read Time = 3 mins

ललितपुर । ग्रोबाइडेटा (जिबिडी) नामक संस्थाको वार्षिकोत्सव तथा अवार्र्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ग्रोबाइडेटाका म्यानेजिङ पार्टनर तथा संस्थापक अध्यक्ष प्रसन्न ढुंगेलले संस्थाका विभिन्न विधाका उत्कृष्ट कर्मचारीलाई अवार्ड प्रदान गर्नुभयो । जिबिडी क्लाइन्ट कन्फोर्टर अवार्ड २०२१ सिनियर सफ्टवेयर इन्जिनियर कृसा अमात्य, जिबिडी टिम असौम अवार्ड २०२१ कस्टमर सक्सेस टिम, जिबिडी विहान्ड द सिन्स अवार्ड २०२१ एसोसिएट कर्पोरेट स्टाटेजी म्यानेजर शुभेच्छा केसी, जिबिडी रुकी अफ द योर अवार्ड सिनियर सफ्टवेयर इन्जिनियर विवेकरत्न कंसाकार र जिबिडी अवार्ड फर एक्सिलेन्ट लिडरसिप २०२१ डिरेक्टर अफ कस्टमर सक्सेस स्वन्तिना स्वराज शाक्यलाई प्रदान गरिएको छ । क्यारेमबोर्ड टुर्नामेन्टका विजयी पुरुष तथा महिला कर्मचारीलाई पनि मेडलसहित पुरस्कार प्रदान गरिएको थियो ।

ग्रोबाइडेटा सन् २०१४ मा स्थापित भएको हो । जसको मुख्यालय बोस्टन अमेरिकामा रहेको छ । ग्रोबाइडेटाले विश्वका ठूला एजेन्सी ब्रान्डलाई अनलाइन बजार र गुगलमा अनलाइन ग्राहकले ब्रान्डमा सामानहरू देखिएको छ कि छैन, देखिएको छ भने सस्तो छ कि महँंगो छ ? अरू कुनै प्रतिस्पर्धीको सामान देखिएको छ, ग्राहकले सामानेबारे कस्तो रिभ्यु दिएका छन् भन्नेबारेमा जानकारी दिन्छ । ग्रोबाइडेटासँंग विग डाटा इन्जिनियरिङ, डिजिटल मार्केटिङ, मानवीय साधन, वित्त र अन्य धेरैमा आफ्नो करियर बनाउन खोजिरहेका स्नातक पूरा गरेका विद्यार्थीका लागि अवसर रहेको कम्पनीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?