हिमालयनले ६६ लाख ५५ हजार डलर फिर्ता पाउने

Read Time = 2 mins

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको हेनान प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी उच्च अदालतले २५ जुलाई २०२२ मा फैसला गरेपछि अब चाइना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता गर्नुपर्ने भएको छ ।

फैसलाअनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टीबापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउनेछ । उक्त मुद्दामा चीनको झेङझाउ जिल्ला अदालतले सन् ६ नोभेम्बर २०२० मा पनि नेपाली बैंकको पक्षमा फैसला गरेको थियो तर उक्त फैसलाउपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

हिमालयन बैंक र बैंक अफ काठमाडौंले सन् २००८ मा चाइना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्युरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो । हिमालयन बैंक न्यायका लागि लामो समयसम्म सहयोग गर्ने नेपाल सरकार, मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, चीन सरकारसँग सम्बन्धित संस्था, बेजिङस्थित नेपाली राजदूतावास, चीनका लागि नेपाली पूर्वराजदूतहरू, नेपाल राष्ट्र बैंक, मेलम्ची खानेपानी आयोजना र बैंकको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्तालगायत गर्ने सबैलाई बैंकले धन्यवाद दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?