सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु-मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ ।
ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडाैँ सम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका-११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् ।
यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ । गए राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका-८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्याएको क्षतिका बारेमा एकिन हुन नसकेको बताउनुभयो । “निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ”, उहाँले भन्नुभयो । हेलम्बु-५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ । गए राति पहिराले भोटेचौर-काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच