पाल्पामा अटो र जिप ठोक्किँदा अटो चालकको मृत्यु

Read Time = 2 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–५, सानीअमराईमा अटो र जिप ठोक्किँदा अटो चालकको ज्यान गएको छ ।

शुक्रबार साँझ कालिआँपबाट रामपुर बेझाँडतर्फ आउँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विपरीत दिशाबाट जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो एक आपसमा ठोक्किदा अटो चालक निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको ज्यान गएको हो । उनको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी रामपुरमा डेरा लिई अटो चलाउँदै आएका थिए ।

अटो र जिप ठोक्किँदा चालक ढेंगासहित चार जना घाइते भएका थिए । अन्य घाइते मध्ये अटोमा सवार रामपुर नगरपालिका ३ ओइरेघाटका ३८ वर्षीय सुरेन्द्र थापा, उनको छोरी १० वर्षीया अञ्जली थापा र १२ वर्षीया पुष्पा थापा घाईते रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते मध्ये सुरेन्द्र र अञ्जलीको अवस्था मध्यम रहेको छ । ति दुवै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने पुष्पाको उपचारपछि डिस्चार्ज भएको जनाइएको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?