भारतलाई साफ यू-२० को उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारतले साफ यू-२० फुटबलको उपाधि जितेको छ । फरवार्ड गुर्किरत सिंहले चार गोल गर्नुभएपछि बंगलादेशलाई भारतले फाइनलमा ५-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा निर्धारित समयमा दुवै टोलीले २-२ को बराबरी गरेका थिए । अतिरिक्त समयमा भारतले बाजी मारेको हो ।

खेलको १९औँ सेकेन्डमा नै भारतले पेनाल्टीमार्फत् गोल गरेको थियो । गुर्किरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा गुर्किरतले गोल गर्नुभयो । पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । राजन होव्लादरले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको सुरुवातमै बंगलादेशले अग्रता लियो । खेलको ४८औँ मिनेटमा शमिम मियाले सानदार गोल गर्दा बंगालादेश अघि बढेको थियो । खेलको ६०औँ मिनेटमा गुर्किरतले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई खेलमा फर्काउनुभयो ।

अतिरिक्त समयको पहिलो हाफमै भारतले २ गोल थप्यो । ९१औँ मिनेटमा हिमांशुले गोल गर्दै भारतलाई अग्रता दिलाउनुभयो । शैलेश पात्रोको लामो थ्रो पासलाई हिमांशुले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्नुभएको थियो । त्यसको दुई मिनेटमै भारतले अग्रता दोब्बर पा¥यो । गुर्किरतले लामो पासलाई नियन्त्रणमा लिँदै हृयाट्रिक पूरा गर्नुभयो ।

९८औँ मिनेटमा गुर्किरतले भारतका लागि पाँचौँ गोल गर्नुभयो । काउन्टर अट्याकमा अघि बढेको भारतलाई गुर्किरतले सानदार गोल गर्नुहुँदै ३ गोलले अघि बढाउनुभयो । यसअघि यू-१८ र यू-१९ उमेर समूहमा भएको यो प्रतियोगिता भारतले दोस्रोपटक जितेको हो । यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । त्यसअघि सन् २०१५ र २०१७ को उपाधि भने नेपालले जितेको थियो । यसपटक नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न सकेन ।

लिग चरणमा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहृयो । भारतले चार खेलमा नौ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा बंगलादेशले भारतलाई २-१ ले हराएको थियो । नेपाल भने चार खेलमा सात अंकसहित तालिकाको तेस्रो स्थानमा रहृयो । माल्दिभ्स चार खेलमा दुई अंकसहित चौथो तथा एक अंक जोडेको श्रीलंका पुछारमा रहृयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?