४५ खेलाडी बन्द प्रशिक्षणमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । दुई साताअघिदेखि खुला छनोटमार्फत् एन्फाले सात सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो ।

गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको हो । यू–१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहनुभएको छ ।

एन्फाले छनोट गरेको नेपाली टोलीमा अभिषेक थोकर, अंकित गुरुङ, असिमजंग कार्की, बिक्रम तामाङ, विनोद केसी, धनसिंह विक, धिरज विक, दिपक थापा मगर, दोलकबहादुर थापा मगर, गौरव महर्जन, हरिश भट्ट, जनप्रकाश बम, कृशल मोक्तान, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मार्सल शाही, मिरक लिङ्देन, मुकेश घर्ती, निखेल सुनार, निराजन धामी रहनुभएको छ ।

यस्तै, निर्देश राई, निरज कार्की, निशान्त तामाङ, पाल्देन गुरुङ, प्रशान्त लक्षम, प्रिभिअस सुनुवार, प्रितम कार्की, राहुल बेलबासे, रितेश थापामगर, रुविन बोगटी, समिर चन्द, समिर तामाङ, सरोज दर्लामी, सिजल राई, सिमन्त थापा, सोहन स्याङ्तान, सुवास गुरुङ, सुविन खड्का, सुजत डंगोल, सुजत खड्का, सुशिल तामाङ, युनिश बुढाथोकी र युनिस मगर रहनुभएको छ ।

नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौ २० देखि भदौ २९ सम्म हुने यू–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?