हुम्लामा एकजना युवकद्धारा आत्महत्या

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकामा एकजना युवकले आत्महत्या गरेका हुन् । ताँजकोट वडा नम्बर ३ घरभई वडा नम्बर ४ मा बस्दै आएका २२ वर्षिय जीवन बहादुर बोगटीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

गएको शुक्रबारबाट हराएका बोगटी आज (सोमबार) मृत भेटिएका हुन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी आज (सोमबार) सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिनुभयो । शुक्रबार वेलुका स्वास्थ्य संस्थाबाट विदाभएर गएका बोगटी अचानक चार दिनपछि आज ताँजकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला परेका हुन् ।

फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्यचौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्य संस्थाबाट निस्केको भएपनि घर नपुगेपछि उनी कहाँ गए भनेर खोजि कार्य भैरहेको थियो । उनलाई घरका आफन्त र स्वास्थ्य संस्थाका कर्मचारीले खोजी गर्दा रानीवनको जंगलमा सल्लाको रुखमा पासो लगाएर झुण्डीएको अवस्थामा भेटेका थिए ।

झुण्डीएका बोगटीको शवको पोष्टमार्टमका लागि छिमेकी बाजुरा जिल्लाको कोल्टी अस्पतालमा लगिएकोे छ । सदरमुकाम सिमकोट टाढा पर्ने भएकाले गाडी मार्फत शवलाई पोष्टमार्टमका लागि कोल्टी लगिएको प्रहरी श्रोतले बताएको छ ।

स्वास्थ्यकर्मीले के कारण रुखमा पासो लगाएर आत्महत्या गरे भन्ने बारेमा केहि थाहा नभएपछि त्यसको खोज अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?