आइएमई जनरलको सिइओमा फेरि वादे

Read Time = 1 min

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा युगेशभक्त वादे श्रेष्ठले सोमबार दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुभएको छ । कम्पनी सञ्चालक समिति बैठकले सिइओ वादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमता मूल्यांकन गर्दै पुनः नियुक्ति प्रस्ताव गरेसँगै बिमा समितिले स्वीकृति दिएको हो ।

वादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीमा सिइओेको कार्यभार सम्हाल्दै आउनुभएको छ । सिइओ श्रेष्ठ २०७८ मा ‘आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?