फेरि घट्यो सेयर बजार

Read Time = 2 mins

काठमाडौं । साताको सुरुदेखि नै दोहोेरो अंकले बढेको सेयर बजार बिहीबार भने दोहोरो अंकले नै घटेको छ । यस दिन नेप्से १८.६४ अंकले घटेको हो । आइतबार १७.९५, सोमबार १२.२७, मंगलबार ४४.१६ र बुधबार ५६.०६ अंकले बढेको थियो । नेप्से घटे पनि बिहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको भन्दा करिब १६ लाख बढीको कारोबार भएको हो । कारोबारमा आएका दुई सय २८ कम्पनीका ४० लाख कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । १३ सूचकमध्ये ११ को सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भई शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ ।

जाल्पा लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ भने तेह्रथुम हाइड्रोको ६.२० प्रतिशतले बढेको छ । सूर्योदय बोमी लघुवित्तको नकारात्मक सर्किट लागेको छ ।

यसैबीच स्थानीय तहको निर्वाचन र दुई दिन बिदाका कारण सेयर बजार चार दिनका लागि बन्द हुने भएको छ । बजार अब आगामी मंगलबारमात्रै खुला हुनेछ । २ गते सोमबार बुद्ध पूर्णिमा परेका कारण सार्वजनिक बिदा परेको छ । सरकारले जेठ महिनादेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि धितोपत्र बोर्डले शुक्रबार पनि सेयर कारोबार खुला गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?