बिओकेको नयाँ निक्षेप योजना

Read Time = 1 min

काठमाडौंं । बैंक अफ काठमाण्डु (बिओके) ले ११.०३ प्रतिशतको उच्चतम् व्याजदरको बिओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाता ल्याएको छ । बैंकले ग्राहकको वित्तीय व्यवस्थापनसहित ११.०३ प्रतिशतको उच्चतम् व्याज आम्दानी सुनिश्चित गर्न यस्तो खाता ल्याएको र नयाँ निक्षेप खातामा त्रैमासिकरूपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

खातामा न्यूनतम् एक हजार रुपैयाँदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिकरूपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक पाँच सयको गुणांकमा न्यूनतम एक वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिनेछ । रिकरिङ निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत व्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?