निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ मा उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ। त्यस्तै असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना गरिने छ।

अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुनेछ। असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जानकारी दिएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ ।

समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ। निर्वाचन कार्यतालिका स्वीकृत भएको र यसै कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।

कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ।

आगामी चुनावबाट प्रत्यक्षतर्फ एक सय ६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ तीन सय तीस जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फको निर्वाचनका लागि साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज दुई र तीन गते उम्मेदवारको बन्दसूची बुझाउने छन् ।

समानुपातिकतर्फ एक सय १० जना प्रतिनिधि सभा सदस्य तथा दुई सय बीस जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

आयोगका अनुसार मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?