स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ : मुख्यमन्त्री शाही

Read Time = 4 mins

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भएको छ । उहाँले संघ र प्रदेशका योजना तथा कार्यक्रमहरू कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताउनु भयो।

नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भयो । ‘स्थानीय तह जनताको चुल्होको सरकार हो,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘चुल्होको सरकारलाई अधिकार सम्पन्न नबनाइँदासम्म देशको विकास हुन सक्दैन ।’

मुख्यमन्त्री शाहीले प्रदेश सरकारलाई देखिने र संघीय सरकारलाई सुनिने सरकार भएको बताउनु भयो । ‘देखिने र सुनिने सरकारबाट सञ्चालन हुने योजनाहरूको कार्यान्वयन जनताको चुल्होको सरकार अर्थात स्थानीय सरकारलाई दिइनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश सरकारले यही कारण जहिल्यै स्थानीय सरकारलाई सँगै लिएर काम गरिरहेको छ ।’

उहाँले स्थानीय तह घरको जग भएकाले पहिलो बजेट स्थानीय तहले ल्याउनुपर्ने बताउनु भयो । ‘स्थानीय, प्रदेश हुँदै संघले बजेट ल्याउँदा आवश्यकता र औचित्यताका आधारमा काम हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘माथिबाट बजेट सार्वजनिक गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ ।’

मुख्यमन्त्री शाहीले साउनबाटै बजेट कार्यान्वयन गर्ने बानीको विकास हुनुपर्ने बताउनु भयो । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले स्थानीय तह बलियो नहुँदासम्म देशको विकास हुन नसक्ने बताउनु भयो ।

मुख्यमन्त्री शाहीले जनसंख्यालाई आधार मानेर बजेट पठाउँदा कर्णालीलाई अन्याय भएको बताउनु भयो । ‘२१.५ प्रतिशत भूगोल ओगटेको कर्णालीमा १७ लाखभन्दा कम जनसंख्या छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ‘जनसंख्यालाई आधार मानेर बजेट छुट्याइँदा कर्णालीलाई अन्याय भएको छ ।’

मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारले ‘हब’को नीति लिएको बताउनु भयो । ‘समृद्ध कर्णाली स् सुखारी कर्णालीबासीुको दीर्घकालीन सोचलाई पूरा गर्न प्रदेश सरकारले ‘हब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) को नीति लिएको छ,’ मुख्यमन्त्री शाहीले भननुयो, ‘यसको कार्यान्वयनका लागि स्थानीय तहको भूमिका र अग्रसरता महत्वपूर्ण हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?