एमाले भोजपुर चुनाव केन्द्रित अभियानमा जुट्दै

Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । सरकारले आगामी मंसिर ४ गतेका लागि केन्द्र र प्रदेशका लागि एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै नेकपा (एमाले) भोजपुरको त्यसको तयारी अभियानमा जुटेको छ ।

जिल्ला कमिटी बैठकका साथै जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण समेत सम्पन्न गरेको एमाले भोजपुरले अव निर्वाचन केन्द्रित अभियानमा जुटन लागेको हो । निर्वाचन घोषणा भएको अवस्थामा अव तत्लो जनस्तरतसम्म पुग्ने योजना एमालेले बनाएको हो । सोही अनुसार भदौ ७ गते वडा तथा टोल कमिटी भेला र बैठक गरिने, भदौ ८ देखि २१ गतेसम्म पालिकास्तरको भेला गर्ने, भदौ १५ भित्र जनवर्गीय संगठनको भेला र असोजको पहिलो सातासम्म साइबर फोर्सको भेला तय गरिएको नेकपा (एमाले) भोजपुरले जनाएको छ ।

बिगतका निर्वाचनहरुको समिक्षा गर्दे आगामी दिनमा एमालेलाई भोजपुरमा बहुमतका साथ बिजय गराउनका लागि युवा, विद्यार्थी, पार्टीका जनवर्गीय संगठनको परिचालनमा जोड दिइने एमाले जिल्ला अध्यक्ष शरण कुमार राईको भनाई रहेको छ ।

जिल्ला स्तरीय प्रशिक्षणमा एमाले स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, जिल्ला इन्चार्ज हरिबहादुर राई, पूर्वमन्त्री कृपाशुर शेर्पा लगायतका केन्द्रिय नेताहरुको समेत उपस्थिती रहेको थियो । सोक्रममा नेताहरुले आगामी निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह समेत गर्नु भएको थियो । प्रशिक्षणमा जिल्ला कमिटीका सदस्यहरु, जनबर्गिय संगठनका पदाधिकारी, प्रदेश कमिटी सदस्यहरु र जिल्ला स्तरीय नेता कार्यकर्ता सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?