वरिष्ठ छायांकार विदुर पाण्डेको निधन

Read Time = 2 mins

काठमाडौं । वरिष्ठ छायांकार विदुर पाण्डेको निधन भएको छ । हृदयघातका कारण बुधबार बिहान उहाँको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार बुधबार बिहान हृदयघातको कारण ५५ वर्षीय पाण्डेको निधन भएको हो । आफ्नै निवासमा हृदयघात भएपछि उपचारका लागि बाँसबारीस्थित गंगालाल हृदयरोग अस्पातल लैजाँदै गर्दा उहाँको निधन भएको हो ।

पाण्डेले नेपालको टेलिभिजन तथा म्युजिक भिडियोको क्षेत्रमा लामो समय काम गर्नुभएको थियो । विभिन्न टेलिभिजनमा कार्यरत पाण्डे पछिल्लो समय चलचित्रको छायांकनमा व्यस्त हुनुहुन्थ्यो ।

दिवंगत पाण्डेले नेपालको पहिलो डिजिटल प्रविधिमा छायांकन गरिएको चलचित्र ‘कागबेनी’ समेत छायांकन गर्नुभएको हो । उहाँले १५ पन्ध्र सयभन्दा बढी म्युजिक भिडियोको छायांकन गर्नुभएको छ भने दर्जनौं टेलिभिजन विज्ञापन, वृत्तचित्र तथा चलचित्र छायांकन गर्नुभएको छ ।

उहाँले ‘कागबेनी’सहित, ‘पण्डित बाजेको लौरी’, ‘भुइँमान्छे’, ‘जंगबहादुरको कोट’, ‘मेरो वेष्ट फ्रेण्ड’, ‘स्वर’ लगायत चलचित्र छायांकन गर्नुभएको छ । उहाँको बुधबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?