पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला

Read Time = 2 mins

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला पर्नुभएको छ । वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उहाँ मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

भित्री कच्ची सडकमा ग१६प ५४६१ नंको स्कुटर बाटो छेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताउनुभयो । घटनास्थलमा नुडन नामक सेतो रङको किटनाशक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको जनाइएको छ । प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए ।

शव परीक्षणका लागि वालिङस्थित गह्रौ प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?