काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।
बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई पनि चुनावी तालमेलको आधार मान्न सकिने विषयमा समेत छलफल भएको थियो । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ ।
यसबाहेक बैठकमा संविधान कार्यान्वयन, लोकतन्त्र र राजनीतिक प्रणालीको रक्षा, जनजीविकाका सवाल सम्बोधनलगायत विषयमा गठबन्धन केन्द्रित हुनुपर्ने विषयमा बृहत्रूपमा छलफल भएको उहाँले बताउनुभयो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ भने नेकपा ९माओवादी केन्द्र०बाट नेताहरू वर्षमान पुन र देव गुरुङ हुनुहुन्छ ।
यसैगरी नेकपा ९एकीकृत समाजवादी०बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेता रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुुहुन्छ ।
कार्यदलको अर्को बैठक यही साउन ३० गते बस्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच