इमर्जिङले पूर्वाधारमा थप लगानी गर्ने

Read Time = 2 mins

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पूर्वाधार विकास र लगानी व्यवस्थापन क्षेत्रमा काम गर्दै जाने जनाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङद्वारा आयोजित एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ मा उक्त जानकारी गराउनुभएको हो । कम्पनीको लगानी व्यवस्थापनका सम्बन्धमा तालिमलाई निरन्तरता दिने तथा व्यवसायीलाई कन्सल्टिङ सर्भिस गर्ने योजनासमेत रहेको उहाँले बताउनुभयो ।

कम्पनीले सातौँ वार्षिकोत्सवका अवसरमा हालै काठमाडौंमा एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो । कम्पनीले केयर रेटिङ नेपाल, होटल एलिस, विफिन, निफ्रा, खिम्ती-२ हाइड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानी गरेको छ । कार्यक्रममा इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमणि जोशी र उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?