नबिलद्वारा खोकनामा डिजिटल बैंकिङ कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका-२१ खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवद्र्धनमा केन्द्रित रहेको थियो । सो अवसरमा नबिल दिगो बैंकिङका विभिन्न आयाम, डिजिटल बैंकिङ, क्युआर कोड र अन्य सेवा सुविधाबारेमा विशेष प्रस्तुति दिइएको थियो ।

ललितपुर महानगरपालिका-२१ खोकनाका वडा सदस्य, स्थानीय गुठी, आमा समूह र सहकारी प्रतिनिधि, स्थानीय बुद्धिजीवी, किसान तथा उद्यमीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा बैंकतर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो । नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माणमा नबिल बैंक लागिरहेको बताउनुभयो ।

ललितपुर महानगरपालिका-२१ का वडाध्यक्ष रविन्द्र महर्जनले खोकनावरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताउनुभयो भने नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवद्र्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधँै तत्पर रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?