काठमाडौं । काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई ३०-२ तथा चैतन्यले केइएसलाई २१-६ ले पराजित गरे । सूर्योदय र एआइए सेमिफाइनलमा पुगिसकेका छन् ।
सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई २५-१०, डेनेबले लिभरपुललाई ३९-१९ र सेन्टपलले सूर्योदयलाई २२-५ ले हराउँदै क्वाटरफाइनलमा पुगे ।
प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा इनोभेटिभले इलाइट ग्राण्डलाई १०-४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका