यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाई गरिएको हो । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाई गर्नुभएको थियो ।

नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भूटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

२ फेब्रुअरीदेखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शिर्ष २ टिमले फाइनल खेल्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?