प्रिमियर लिग : चेल्सी र टोटेनहमको रोमाञ्चक बराबरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सीले ​टोटनहमसँग अंक बाँडेको छ ।

दुईपटकको अग्रता जोगाउन नसक्दा अन्तिम समयमा चेल्सीले ​टोटनहमसँग अंक बाँडेको हो । लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन ।

चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले एकरएक गोल गरे ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुवै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका थिए । यसपछि रेफ्रीले दुवै प्रशिक्षकलाई रातो कार्ड देखाए ।

यो बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?