राप्रपा नेपालको केन्द्रिय समिति बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपालको केन्द्रिय कार्य समितिको बैठक काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा शुरु भएको छ ।

बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राख्नुभयो । अहिले थापाले बर्तमान राजनितीक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनुभएको छ ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिबेदन अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन, प्रदेश अध्यक्षहरुको प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन तयारी र आबश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने उहाँले बताउनुभयो । प्रस्तुत कार्यपत्र र प्रतिबेदन माथी आजैबाट टिप्पणी शुरु हुनेछ । बैठक भोलि पनि चल्ने प्रबक्ता सुरेश आचार्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?