हास्य टेलिशृखंला ‘रिटार हल्दार’ बन्ने

Read Time = 1 min

काठमाडौं । हास्य टेलिशृखंला ‘रिटार हल्दार’ को निर्माण घोषणा गरिएको छ । हर्के हल्दारको उपनामले चर्चित कलाकार विष्णु सापकोटा यस सिरियलमा मुख्य भूमिकामा देखिनु हुनेछ । भद्र भुजेलको निर्देशन रहेको टेलिसिरियल प्रत्येक सोमबार साँझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ ।

सिरियलमा विष्णुका साथै स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, रक्षा सापकोटा, यशोदा सापकोटा, लक्ष्मण नेपाल लगायतका कलाकारको अभिनय रहनेछ ।

हास्य टेलिचलचित्र ‘रिटार हल्दार’मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाई शंका गर्ने बुढाको क्यारेक्टरलाई विशेषरूपमा प्रस्तुत गरिने सापकोटाले बताउनुभयो । विष्णु सापकोटाको कन्सेप्ट तथा स्क्रिप्ट रहेको सिरियललाई प्रवेश पोखरेल र सञ्जय राईले खिच्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?