९० किजो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ ।

सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको एम्बुलेन्ससहित त्यसका चालक सरोज लामालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार सोमवार राती पौने ११ बजे चेकजाँचको क्रममा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट ९० केजी परिणाममा गाँजा बरामद भएको हो । एम्बुलेन्सका चालक धनगढीमाई नगरपालिका-९ का २९ वर्षीय लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको साथबाट २८ हजार नगदसमेत बरामद गरेको छ ।

एम्बुलेन्सको बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयाे । पक्राउ परेका लामालाई बयान लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?