न्युयोर्क । गत साता न्युयोर्क राज्यमा एक कार्यक्रममा छुरा प्रहारमा परेका बेलायती लेखक सलमान रुस्दी बोल्न थालेका छन् । अनुसन्धानकर्ताहरूसँगको कुराकानीमा रुस्दी बोल्न थालेकाे कानून प्रवर्तन अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । गत शुक्रबार न्युयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनको स्टेजमा छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् ।
कार्यक्रममको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीलाई हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । उनको शल्यक्रिया भएको थियो ।
कानुन प्रवर्तक अधिकारीका अनुसार लेखक सोमबार होसमा थिए र उनी अनुसन्धानकर्ताहरुलाई जवाफ दिन सक्षम थिए । यद्यपि, विश्वलाई स्तब्ध पार्ने हमलाको सम्बन्धमा रुस्दीले अनुसन्धानकर्ताहरूलाई के भनेका थिए भन्ने कुनै उल्लेख छैन । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच