नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १३५ मत

Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको हो । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पछि संसदमा पक्ष र विपक्षमा मतदान भएको थियो । अन्ततः विधेयक जस्ताको तस्तै पारित गरिएको छ ।

सभामुख अग्नी सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराउनु भएको थियो । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए ।

सभामुख अग्नी सापकोटाले विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको भन्दै नागरिकता विधेयक बहुमतबाट पारित भएको घोषणा गर्नुभयो।

यस अघि सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताउनु भएको थियो ।

उहाँले प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्क समेत गर्नु भयो ।

गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गर्नु भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?