रामेछापमा बाढीले पाँच घर बगायो

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

रामेछाप । अबिरल बर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका-२ ठोसेमा पहिरोसँगै आएकाे बाढीले पाँच वटा घर बगाएको छ।

अबिरल बर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ, सन्तोष रोक्का र ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै आएकाे बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?