गिरिको स्वास्थ्य लाभको कामना गर्दै निधिले भन्नुभयो : ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।

केही महिना अघि भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किनुभएका कांग्रेस नेता गिरिको स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई आईसीयूमा राखेर उपचार जारी राखिएको छ ।

गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो ।

गिरिलाई भेटेर फर्किएको बताउँदै बिमलेन्द्र निधिले ट्वीट गर्दै आफू स्तब्ध र निरिह भएको बताउनु भएको छ । साथै उहाँले गिरिको स्वास्थ्य लाभको कामना गर्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना पनि गरेको उल्लेख गर्नुभएको छ ।

https://twitter.com/BimalendraNidhi/status/1560564065805938688

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?