राष्ट्रपति भण्डारीले अस्पताल पुगेर लिनुभयो कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्थाको जानकारी

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ ।

लामो समयदेखि उपचार गराइरहनुभएको गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान ११ बजो मेडिसिटी पुग्नुभएको थियाे । राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?