ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौँ ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्डप सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४-४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई १९–१७ ले हरायो । जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २३-१५ ले पाखा लगायो ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल, सिनियर गल्र्समा काष्ठमण्डपकी राजभी श्रेष्ठ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका स्पर्श अधिकारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा महामञ्जुश्री तथा जुनियर ब्वाइजमा ओरेकल रे एकेडेमी अनुशासित टिम चुनिए ।

विजेतालाई नागार्जुन नगरपालिका-४ का अध्यक्ष लक्ष्मी शर्मा, ग्रिनफिल्ड एडुकेसन फाउन्डेसनका अध्यक्ष खडकबहादुर बस्नेतलगायतले एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो । आठदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?