काठमाडौं । गोकर्णेश्वर नगर पालिकाको सहकार्य र ट्रेबल फेसन कन्सर्नको आयोजनामा लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करण सम्पन्न भएको छ । गोकर्णेश्वर नगपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्य, ट्रेबल फेसन कन्सर्न प्रालिका सिईओ तथा कोरियोग्राफर शैलेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, सेन्सर बोर्डका सदस्य तथा निर्माता राजेश महर्जन, अभिनेत्री तथा मोडेल शुष्मा अधिकारी, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, नगरपालिका वडा नम्बर-५ का नारायण सुवेदी, समाजसेवी सरोजकुमार श्रेष्ठ तथा थुप्रै वरिष्ठ कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरूको बाक्लो उपास्थिति थियो । त्यस्तै कार्यक्रममा पूर्वविजेता प्रियंका बस्नेत, साफ्रोन श्रेष्ठ, पूर्णिमा तमाङ, मेरिना लिम्बू, अनुपम चौलागाईंको पनि उपस्थिति थियो ।
सञ्चारकर्मी तथा गायक संगीतकार सुमनकुमार श्रेष्ठ तथा सञ्चारकर्मी राजु श्रेष्ठको संयोजकत्वमा पिस ब्याङक्वेट जोरपाटीमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ कलाकार रविन्द्र खड्कालाई दीर्घ सम्मान, पत्रकार कृष्ण भुसाललाई पत्रकारिता सम्मान, गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे, समाजसेवी सरोजकुमार श्रेष्ठ, समाजसेवी तथा व्यवसायी विक्रम खड्का, समाजसेवी तथा व्यवसायी कृष्ण अधिकारी, मङोलियन हार्ट ब्याण्डका म्यानेजर बबी लामालगायतलाई आफ्नो क्षेत्रमा पु¥याएको अतुलनीय योगदानबापत सम्मान गरिएको थियो । त्यस्तै सहयोगी संस्था, स्वयंसेवक तथा सञ्चारकर्मीलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको ग्राण्ड फिनालेमा सिनियर बिजेतामा साम्राज्ञी आर एल राना, साम्राज्ञी विष्ट जुनियरको विजेता, पाल्जोर गुरुङ बिजेता, फर्स्ट रनर अप प्रिन्सेस घिसिङ र विसान्क कार्की, स्केण्ड रनर अप सुवांगी बस्नेत र उत्सव रसाइली हुनुहुन्थ्यो भने सबटाइटल विजेताअन्तर्गत विनर भियुअर च्वाइस साम्राज्ञी विष्ट, विनर फेसबुक र मोष्ट पपुलर अवार्ड छिरिङ वङचुक शेर्पा, वेष्ट क्याटवक एलिना गिरी र विसान्क कार्की, वेष्ट ड्रेस साम्राज्ञी विष्ट र पाल्जोर गुरुङ, वेष्ट फोटो जेनिक नेमेसिस बस्नेत र छिरिङ वङचुक शेर्पा, वेष्ट ट्यालेन्ट सुवान्ङगी बस्नेत र उत्सव रसाइली, वेष्ट डिसिपिलेन नेमेसिस बस्नेत र अनुस्कृत खड्का हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रमुख निर्णायकमा नायिका तथा मोडल शुष्मा अधिकारी, मोडल मनिष शाक्य, ग्लोबल नेपालका अध्यक्ष डेबिल सिंह राजपुत, फोटोग्राफर सन्देश प्रजापति, सौन्दर्यकर्मी शान्ति लिम्बू, ड्रेस डिजाइनर विमला लामा रहनुभएको थियो । कार्यक्रममा गायक सिद्धान्त सिंह खड्का, गायक कुर्बान अली खान, गायक दोर्जे लामा, डान्सर रोसिका राउत, डान्सर अशिका थामी, डान्सर गरिमा गिरी, से हो डान्स स्टुडियोबाट बेनिक्स मगर, सरोज साम्पाङ राई, आभाष विष्ट, सुदीप चौधरी, बाल गायिका सिल्भिया प्रजापति, डान्सर सञ्जु न्यौपाने विशेष प्रस्तुति रहेको थियो ।
विगत दुई दशकदेखि विभिन्न ब्युटी पेजेन्ट, फेशन शो कार्यक्रम गरिरहेको ट्रेबल फेशन कन्सर्नले यस कार्यक्रममा बालप्रतिभाको प्रतिभासँगै बौद्धिक विकास, व्यक्तित्व विकासलगायत विभिन्न कुरामा ट्रेनिङ सञ्चालन गरिरहेको र भविष्यमा अझै फरक–फरक ढंगले कार्यक्रमको स्तोरत्तर बढाउँदै लाने कुरा आयोजक संस्थाका संस्थापक सिईओ शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा आफ्नो अतुलनीय सहयोग प्रदान गर्नुहुने काष्ठमण्डप टेलिभिजन परिवार, सिद्धर्थ बुटिक होटेल परिवार, सम्पूर्ण व्यक्तित्व, अभिभावक, मिडियालगायतलाई हृदयदेखि नै धन्यवाद दिन चाहेको र आगमी दिनमा यस्तै सहयोगको आपेक्षा गरेको आयोजक श्रेष्ठले बताउनुभयो । कार्यक्रमको सञ्चालन अनिल सुनाम र रोजिन शाक्यले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच