मिलन कात्तिक १८ मा प्रदर्शन हुने

Read Time = 3 mins

काठमाडौं । टेक पौरखी राई निर्देशित नयाँ नेपाली चलचित्र ‘मिलन’को प्रदर्शन मिति तोकिएको छ । सोमबार चलचित्रको दुई पोष्टर सार्वजनिक गर्दै कात्तिक १८ गते चलचित्र प्रदर्शन गरिने जानकारी गराइयो ।

चलचित्रको सार्वजनिक दुई पोष्टरमा अभिनेताद्वय कुशल शाह ठकुरी र सलोन बस्नेतसँगै नायिका शिल्पा थापा फिचर हुनुहुन्छ । एक पोष्टरमा अभिनेता कुशल र अभिनेत्री शिल्पालाई देख्न सकिन्छ भने अर्को पोष्टरमा अभिनेता सलोन र अभिनेत्री शिल्पा देखिनुभएको छ ।
चलचित्रको निर्माण टिमले प्रदर्शन मिति तोकेसँगै प्रमोशनको काम सुरु गरेको छ । अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाले यसै चलचित्रबाट डेब्यु गर्दै हुनुहुन्छ । चलचित्र प्रेम कथामा आधारित छ ।

चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको मुख्य भूमिका रहेको छ । तीनवटा गीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किरातीको स्वर छ । यस्तै संगीतकारको रूपमा राजु सेञ्चुरी रहनुभएको छ । चलचित्रमा द्वन्द्व निर्देशन कुमार महर्जनको छ । यस्तै चलचित्रमा रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापामगर लगायत कलाकारको अभिनय छ ।

चलचित्रमा ब्याकग्राउण्डस्कोर सैलेश श्रेष्ठको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई दिएको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जलि योगी हुनुहुन्छ ।

काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रवीन थापा हुनुहुन्छ । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन छ । चलचित्रमा भिएफएक्स टंकबहादुर राईको रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?