‘मिसेस नेपाल ग्ल्याम २०२२’ अडिसन सुरु

Read Time = 3 mins

काठमाडौं । लामो समयदेखि विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले विगत वर्ष झै यस वर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो ।

विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । विगत वर्षभन्दा झनै भव्य सव्य रूपमा प्रतियोगिता आयोजना हुने आयोजक ग्ल्याम वल्र्डकी प्रीति कार्की बताउनु हुन्छ ।

प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नु हुनेछ । प्रतियोगिताको पहिलो अडिशन यही भादौ ११ गते बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुनेछ । सहभागी हुन चाहनेले अनलाइनमार्फत तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको विजेताले उपाधिका साथमा विभिन्न अवसर गिफ्ट पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । प्रतियोगिताको कोरियोग्राफर आश्विनी झा हुनुहुन्छ । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यास्त कोरियोग्राफर हुनुहुन्छ ।

प्रारम्भिक अडिशनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायत विभिन्न अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बतानुभयो ।
‘मिसेस नेपाल ग्ल्यामको उपाधि २०१८ अलाइजा महर्जन, २०१९ मीनु प्रधान र २०२१ मा उर्मिला कार्कीले जित्नु भएको थियो ।

प्रतियोगिताका विजेताले ‘सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल’ का अलवा विभिन्न प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?