शहीद स्मारक ‘ए’ डिभिजन लिगः सातदोबाटोको विजयी शुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लव र संकटा क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके ।

खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा एक-एक अंक बाँडेका छन् । त्यस्तै आइतबार नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले जत हासिल गरेको छ । सातदोबटोले न्युरोड टिम एनआरटीलाई दुई-एक गोल अन्तरले हराउँदै जित हासिल गरेको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गर्नुभयो । एनआरटीका निकोलस सङले एक गोल फर्काउनुभयो ।

खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफको इञ्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई एक-एक को बराबरीमा ल्याउनुभयो । ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई दुई-एक को जित दिलाए । जितसँगै सातदोबाटोले पहिलो खेलबाट तीन अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?