मधेश प्रदेसका मुख्यमन्त्री राउत राजीनामा दिने तयारीमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मधेश प्रदेसका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिने हुनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिन निर्देशन दिएपछि रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिन लाग्नुभएको बताइएको छ ।

मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा माग गर्नुभएको हो । राउत यादवकै दल जसपाका नेता हुनुहुन्छ ।

जसपा कार्यकारिणी समितिको बैठकमा पनि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले यसअघि मुख्यमन्त्री कार्यालयमा नै छापा समेत हानेको थियो । साइकल खरिद प्रकरणमा समेत राउतको संलग्नता रहेको बताइन्छ । उक्त प्रकरणमा समेत अख्तियारले छानविन गरिरहेको छ ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका रावतलाई हटाएर हाल अर्थमन्त्री रहेका शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?